Shittalpati
जिल्ला सहकारी संघ पाल्पाको अध्यक्षमा पाण्डेय

पाल्पा, जिल्ला सहकारी संघ लि. पाल्पाको अध्यक्षमा भूपति पाण्डेय चयन भएका छन् । संघको चौथौं अधिवेशनले पाण्डेयलाई अध्यक्षमा सर्वसमत चयन गरेको हो । जसको उपाध्यक्षमा शारदा नेपाल, सचिवमा कृष्ण प्रसाद भूषाल, कोषाध्यक्षमा कृष्णप्रसाद भराई चयन भएका छन् । अधिवेशनले संघको सदस्यहरुमा टेकबहादुर सोमै, इश्वरी खनाल, कृष्ण प्रसाद अर्याल, विन्दु गौतम, महेश्वर पन्त, शंकर भण्डारी र राधिका थापालाई चयन गरेको छ ।

अधिवेशनको जिल्ला समन्वय समिति पाल्पाकी कार्यवाहक प्रमुख मिरा मरासीनीले उद्घाटन गर्दै आर्थिक विकासको मेरुदण्ड नै सहकारी भएकाले सहकारीको विकास र विस्तारमा लाग्न सहकारी अभियान्ताहरुलाई आग्रह गरिन । तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठकले आर्थिक समृद्धि हासिल गर्न सहकारी र स्थानीय सरकार सहकार्य गरी अगाडि बढ्नु आवश्यक रहेको औल्याइन ।

जिल्ला संघ पाल्पाका पूर्व अध्यक्ष दुर्गादत्त रेग्मीले आर्थिक समृद्धिको आधार सहकारी रहेको बताए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले जिल्लाका सहकारीहरुलाई एक ठाउँमा ल्याउन संघले पहल गर्नुपर्नेमा जोड दिए । सोही अवसरमा संघले कोभिडका बेला अंग्रभागमा रहेर सक्रिय भूमिका खेल्दै आएको संगम बचत तथा ऋण सहकारी संस्था मदनपोखरा र सहकारी मैत्री गाउँपालिकाको रुपमा रहेको रिब्दीकोट गाउँपालिकालाई सम्मान समेत गरेको थियो ।

कार्यक्रम संघका निवर्तमान अध्यक्ष धुर्व अधिकारीको अध्यक्षता, उपाध्यक्ष शारदा नेपालको स्वागत, सचिव भूपति पाण्डेयको सञ्चालनमा उद्घाट शत्र कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update