Shittalpati
माथागढीमा कृषि सामग्री र सिलाई कटाई मेसिन वितरण

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका झडेवामा कृषि सामग्री र सिलाई कटाई मेसिन वितरण गरिएको छ । गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत यहाँका कृषकलाई कृषि सामग्री र सिलाई कटाई मेसिन सामग्री वितरण गरेको हो ।

सामग्री वितरण गर्दै गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा मगरले जीवनस्तर उकास्न तथा आर्थिक स्तरवृद्धि गर्नका लागि कृषकहरुलाई सामग्री वितरण गरिएको बताए । आर्थिक रुपमा सवल तथा सशक्तिकरणका लागि पनि यस्ता सामग्री वितरणले टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

अध्यक्ष थापाले सामग्रीको सही प्रयोग गरी आत्मनिर्भर बन्न कृषकहरुलाई आग्रह गरे । कार्यक्रममा सिफारिश समितिका सदस्य विमल काफ्लेले सामग्री व्यवहारमा प्रयोग हुन सकेन भने कार्यक्रमको कुनै औचित्य नहुने भन्दै यसमा विशेष ध्यान दिन कृषकलाई आग्रह गरे । कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद न्यौपाने, सहजकर्ता नारायण कुमाल, बाल कुमारी दर्लामी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम विभिन्न वडाबाट छनोट भएका नागरिकहरुलाई कृषि सामग्री र सिलाई कटाई मेसिन लगायतका सामग्री वितरण गरिएको हो । कार्यक्रम सन्तोष थापाको अध्यक्षता, कृषि अधिकृत किरण पराजुलीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update