Shittalpati
मैत्री क्लवले मनायो ४२ औं वार्षिक उत्सव तथा अधिवेशन

पाल्पा, जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रहेको मैत्री क्लव तानसेनले ४२ औं वार्षिक उत्सव तथा १८ औं अधिवेशन मनाएको छ । क्लवले दुई दिने कार्यक्रम गरी वार्षिक उत्सव तथा अधिवेशन मनाएको हो । वार्षिक उत्सवका अवसरमा क्लवले फरक क्षमताका विद्यार्थीलाई खाद्यान्न र एसइईमा उर्तिण विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्लवले तानसेन नगरपालिकास्थित काजीपौवामा रहेको सिर्जनशिल अपाङ्ग स्वावलम्वन केन्द्रका ३५ जना विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको हो । क्लवका पदाधिकारीहरु कैन्द्रमै पुगी चामल, तेल, दाल, चिउरा, अण्डा, सावुन, चिनी आटा लगायतका खाद्यान्न सामग्री वितरण गरेका थिए ।

त्यस्तै क्लवले सोही अवसरमा क्लवमा आवद्ध सदस्यहरुका छोराछोरीहरु मध्येबाट एसइईमा उत्र्तिण भएका ७ जना विद्यार्थीलाई सम्मान गरेको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि एसइईमा उत्र्तिण विद्यार्थीहरुलाई सम्मान गरिएको क्लवका पूर्व अध्यक्ष बेशान्तर शाक्यले बताए । उनका अनुसार सम्मानित विद्यार्थीहरुलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै क्लवको १८ औं अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ । जसको अध्यक्षमा धिरेन्द्र लाल शाक्य, प्रथम उपाध्यक्षमा अर्मुन लाल शाक्य, दोस्रो उपाध्यक्षमा मनिता शाक्य, सचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा सन्दिप लाल शाक्य, सह सचिवमा अनित बज्राचार्य रहेका छन् । क्लवको सदस्यहरुमा दीपेन्द्र बज्राचार्य, सचिन उदास, प्रदिप शाक्य, तेजेन्द्र लाल शाक्य, विनु शाक्य, सुशिला शाक्य, सुष्मा महर्जन, सपना बज्राचार्य, पञ्च शाक्य, सरिता बज्राचार्य रहेको निर्वाचन अधिकृत तथा क्लवका संस्थापक अध्यक्ष त्रिरत्नलाल शाक्यले बताए । क्लवका पूर्व अध्यक्ष रिलन मान महर्जन अधिवेशनको सहायक निर्वाचन अधिकृत रहेका थिए ।

वार्षिक उत्सव तथा अधिवेशनमा क्लवका संरक्षकहरु दिलबहादुर शाक्य र देवप्रसाद बज्राचार्यले क्लवलाई थप एकतावद्ध र रचनात्मक कार्यक्रम गर्दै अगाडि बढ्न नेतृत्वलाई आग्रह गरे । उनीहरुले क्लवलाई समाजका विकृति र विसंगतीलाई उजागर गर्दै समाज रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु बुद्धरत्न शाक्य, मनिन्द्र बज्राचार्य, महेश लाल शाक्य, मेघराज शर्मा, शुमना शाक्य, संस्थापक संदस्य तथा सल्लाहकार उत्तम कुमार बज्राचार्य, पूर्व अध्यक्ष बेशान्तर शाक्य लगायतले क्लवको सफलताको कामना गरेका थिए । उद्घाटन सत्र क्लवका निर्वतमान अध्यक्ष सन्ध्या बज्राचार्यको अध्यक्षता, धिरेन्द्र लाल शाक्यको स्वागत, मनिता शाक्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update