Shittalpati
माथागढीमा अनलाइन तीज गीत तथा नृत्य प्रतियोगिता हुने

पाल्पा,  विश्व नै अहिले कोभिड १९ को महामारीको चपेटामा परिरहेको बेला स्थानीय स्तरमा लुकेर रहेका प्रतिभालाई भर्चुअल माध्यमबाट प्रस्फुटन गराउने उद्देश्यका साथ माथागढी गाउँपालिकाको अतिरिक्त क्रियाकलाप संंयोजन समितिको सहकार्यमा गाउँपालिकाले अनलाइन तीज गीत तथा नृत्य प्रतियोगिता गर्ने भएको छ । कार्यक्रममा गाउँपालिका भित्रका प्रा.वि तहका विद्यार्थीहरुले सहभागीता जनाउन सक्ने आयोजकले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले विद्यार्थीहरुको विविध विधामा भएको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई नव प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले गाउँपालिकाले अनलाइन तीज गीत तथा नृत्य प्रतियोगिता गर्न लागेको बताए । शिक्षा कार्यक्रम संयोजक अशेष भट्टराईले यो कार्यक्रम सञ्चालन गर्दा बिद्यार्थीहरुको आत्मबल बढ्नुका साथै उनीहरुमा क्षमताको समेत विकास हुनुको साथै बैकल्पिक प्रविधिको प्रयोगमा अभ्यास समेत हुने बताए ।

अहिले कोभिड १९ को महामारीको समयमा प्रविधिको प्रयोग गरी प्रा.वि. तहका विद्यार्थीहरु बीच अनलाइन तीज गीत तथा नृत्य प्रतियोगिता गराउनाले कला तथा संस्कृतिको समेत जगेर्ना हुने शिक्षा सम्पर्क ब्यक्ति गजेन्द्र पन्थीले बताए । प्रतियोगितामा सहभागिता जनाउने विद्यालयहरूले नृत्यको भिडियो मिति २०७८ साल भाद्र २३ गते साझँ ५ बजे भित्र गाउँपालिका शिक्षा शाखामा पठाइसक्नु पर्ने छ । प्रतियोगितामा प्रथम हुनेले ४ हजार द्वितीयले ३ हजार तृत्तियले २ हजार र सान्त्वना हुनेले एक हजार पुरस्कार प्राप्त गर्ने छन् ।

 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update