Shittalpati
बगनासकालीमा प्रशासकीय अधिकृतको विदाइ र स्वागत

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत र विदाइ गरिएको छ । गाउँपालिकामा यस अघि रहेका सुरेश घिमिरेको विदाइ र नयाँ प्रशासकीय अधिकृतका रुपमा आएका विष्णु घर्तीलाई एक औपचारिक कार्यक्रमका बिच स्वागत गरिएको हो ।

घिमिरे प्रधानमन्त्रीको कार्यालयमा सरुवा भएका छन् भने घर्ती नयाँ प्रशासकिय अधिकृतका रुपमा गुल्मीको इस्मा गाउँपालिकाबाट सरुवा भई आएका हुन् ।

गाउँपालिकालेघिमिरेको विदाइ र घर्तीलाई स्वागत गरेको हो । विदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले प्रमुख प्रशासकीय अधिकृतको कार्यसम्पादनको प्रशंसा गर्दै आगामी सफलताको शुभकामना दिएका थिए । उनले गाउँपालिकाको कार्यसम्पादनमा घिमिरेले महत्वपूर्ण योगदान पुर्‍याएको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्धलाई सुमधुर बनाउनेदेखि सेवा प्रवाहमा प्रशासकिय अधिकृत घिमिरेले महत्वपूर्ण भूमिका खेलेको बताईन ।

यसैबीच नयाँ प्रमुख प्रशासकीय अधिकतृ विष्णु घर्तीलाई गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल र उपाध्यक्ष सरस्वती चिदीले पाल्पाली टोपी, खादा, अविर र फूलसहित स्वागत गरेका थिए । अध्यक्ष बस्यालले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएका घर्तीलाई जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्धलाई सुमधुर बनाई कार्यसम्पादनमा लाग्न आग्रह गरे । उनले जनप्रतिनिधितर्फबाट कर्मचारीहरुलाई पूर्ण सहयोग रहने समेत प्रतिवद्धता जनाए । प्रमुख प्रशासकीय अधिकृत घर्तीले आफूले आफ्नो अनुभव र क्षमतालाई सरकारको म्याण्डेट अनुसार गाउँपालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने बताए ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update