Shittalpati
पाल्पामा भैसी किनेर फर्किएका पुरुषको बेहोस भएर मृत्यु

पाल्पा, पाल्पामा भैसी किनेर फर्किएका एक पुरुषको बेहोस भएर मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ झिरुवासका ४८ वर्षीय जीतबहादुर आलेको भैसी किनेर फर्किदाँ बाटोमा अचानक बेहोस भई मृत्यु भएको हो ।

घर नजिकै अमिले भन्ने स्थानबाट भैसी किनेर फर्किने क्रममा अमिले स्थित दोवाटोमा अचानक चक्कर आएर बेहोस भएका उनलाई श्रीमती र छोराले तत्काल अस्पताल पुर्‍याएका थिए ।

बेहोस अवस्थामा रहेका आलेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा शनिवार साँझा डाक्डरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update