Shittalpati
गाउँ शिक्षा समितिको बैंठक, यस्ता छन् निर्णय

पाल्पा(माथागढी), जिल्लाको माथागढी गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठक बसेको छ । संघीय सरकारद्वारा विनियोजन गरिएको सशर्त अनुदान तर्फको रकम शिक्षा क्षेत्रको कुन क्षेत्रमा छुट्याउने भन्ने विषयमा बैठक बसेको हो ।
बैठकले विभिन्न शिर्षकका कार्यक्रमहरुलाई वितरण गर्न विद्यालय छनौट गरेको छ । जस अनुसार आ.सि.टीरु कार्यक्रमको लागि हात्तिलु· माविलाई ६ लाख ५० हजार रुपैयाँ छुट्याउने निर्णय भएको छ । यस्तै यस बर्षबाट मावि सञ्चालन भएको माथागढी ७ मटेरीको महेन्द्र नरेश माविलाई विज्ञान प्रयोगशाला सामग्री खरिद गर्न ६ लाख ५० हजार र पुस्तकालय सञ्चालनका लागि ६ लाख ५० हजार प्रदान गर्ने निर्णय भएको शिक्षा शाखा संयोजक गजेन्द्र पन्थीले जानकारी दिए । यसै गरी २० वर्ष स्थायी सेवा पुरा गरी ५० बर्ष भन्दा माथि उमेर पुगेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई स्वच्छिक अवकास लिन चाहेमा आगामी आर्थिक वर्षका लागि गोल्डेन Þयान्डसेकको ब्यवस्था गरी पेन्सनका लागि बाटो खुलाउँन कार्यपालिका बैठकमा शिफारिस गर्ने समेत निर्णय भएको संयोजक पन्थीले बताए । बैंठकले वार्षिक कार्ययोजना निर्माण गर्ने, दरबन्दी मिलानको कार्यक्रम अर्काे बैठकमा सम्पन्न गर्ने र ११ वटा प्राथमिक विद्यालयहरुलाई बुक कर्नरको लागि ५० हजारका दरले रकम विनियोजन गर्ने र अर्काे बैंठक जेठ २५ गते बस्ने निर्णय समेत गरेको छ । बैठक गाउँ शिक्षा समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरको अध्यक्षतामा बसेको थियो  ।

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update