Shittalpati
माथागढीमा संक्रमण बढेसँगै परीक्षणको दायरा बढाइयो

पाल्पा(माथागढी), जिल्लाको माथागढी गाउँपालिकामा कोभिड १९को संक्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । पछिल्लो समय समुदास्तरमै दैनिक रुपमा संक्रमित देखिन थालेपछि गाउँपालिकाले परीक्षणको दायरालाई बढाएको हो ।
गाउँपालिकाले कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरुको पीसीआर परीक्षणलाई व्यापक बनाएको छ । स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्यचौकी वा आवश्यकता अनुसार टोल–टोलमै पुगेर स्वाव संकलन गर्ने गरेका छन् । समुदायमा दैनिक संक्रमित फेला पर्न थालेपछि शंकास्पद व्यक्तिहरुको स्वाव संकलन गरिदै आएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । ‘बिरामी भएर स्वास्थ्यचौकी आउने, कोभिडका लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिका र संक्रमितको सम्पर्कमा रहेका नागरिकहरुको हामी पीसीआर परीक्षण गर्छौं’ अध्यक्ष थापाले भने । उनका अनुसार पहिले कन्ट्याक्ट ट्रेसिङपछिको परीक्षणमा मुस्किलले एक दुई जनाको मात्रै रिपोर्ट पोजेटिभ देखिने गरेकोमा अहिले भने ५० प्रतिशतमा संक्रमण देखिन थालेको छ । महामारी नियन्त्रण गर्न संक्रमितको सम्पर्कमा आएका व्यक्ति पहिचान गरेर परीक्षण गर्ने र संक्रमण भएकालाई अन्यको सम्पर्कबाट छुट्याउने गरी काम गरिरहेको अध्यक्ष थापाले बताए । गाउँपालिकामा अहिलेसम्म एक हजार ९ सय ३४ जनाको परीक्षण गरिएको छ । जसमा एक हजार ८ सय ८६ जनाको पीसीआर विधिबाट गरिएको हो भने ४८ जनाको एन्टिजेन प्रविधिबाट परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याड्ढमा उल्लेख गरिएको छ । यहाँ अहिलेसम्म २ सय ५३ जना संक्रमण भएका छन् । जसमा १ सय ४१ जना निको भएका छन्,भने १ सय ६ जना सक्रिय संक्रमित हुन् । कोरोनाका कारण अहिलेसम्म ६ जनाको निधन भइसकेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update