Shittalpati
घर–घरमै पुगेर संक्रमितको उपचार गर्दै माथागढी

पाल्पा(माथागढी),जिल्लाको माथागढी गाउँपालिकाले होम आइसोलेसनमा बसेका संक्रमितको घर–घरै पुगेर उपचार गर्न थालेको छ । संक्रमित भई सामन्य अवस्थामा रहेका नागरिकहरुको गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलीले घरमै पुगेर उपचार थालेका हुन् ।
स्वास्थ्यकर्मीको टोलीले संक्रमितको स्वास्थ्य जाँच गरी औषधी सहित आवश्यक परामर्श दिने गरेका छन् । संक्रमित भई होमआइसोलेसनमा जटिल विरामीहरुलाई भने कोभिड अस्पतालमा ल्याई उपचारको व्यस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनका अनुसार जटिल विरामीहरुका लागि अक्सिजन सहितको १५ बेडको कोभिड अस्पताल तयारी अवस्थामा राखिएको छ । अध्यक्ष थापाले भने,‘सामान्य अवस्थामा रहेका संक्रमितहरुको घरमै व्यवस्थापन गर्ने, थप उपचार आवश्यक पर्ने संक्रमितलाई भने गाउँपालिकाले सञ्चालन गरेको अक्सिजनसहितका आइसोलेसनमा राखिने र गम्भीर बिरामीलाई अस्पतालको आइसोलेसनमा पठाउने गरिएको छ ।’ उपचार गर्न जाँदा संक्रमितलाई स्वास्थ्य तथा सरसफाई सामग्रीसमेत उपलब्ध गराइने गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकामा आइतबारको तथ्याड्ढ अनुसार ३७ जना सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरु सबै होम आइसोलेसनमा रहेको जनाइएको छ । अहिलेसम्म गाउँपालिकामा १ सय ६७ जना नागरिकहरु संक्रमित भइसकेका छन् । जस मध्ये १ सय २६ जना निको भएका छन् । संक्रमित मध्ये ४ जनाको मृत्यु भइसकेको छ । गाउँपालिकामा कोरोनाको जोखिम बढ्दै गएपछि गाउँपालिकाले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह समेत गरेको छ । गाउँपालिकाले भीडभाड नगर्न, सामाजिक दुरी कायम गर्न , गरेको हो । अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजर प्रयोग गर्न, सिमा नाकाबाट आउनेलाई कडाइका साथ चेकजाँच गर्ने, स्वास्थ्य परीक्षण भए नभएको हेर्ने, भेला तथा जमघटमा अनिवार्य सामाजिक दुरी कायम गर्ने, सबै सार्वजनिक स्थल तथा कार्यालयहरुमा अनिवार्य हात धुने व्यवस्थापन गर्न समेत आग्रह गरेको छ ।
भिडभाड हुने गतिविधी बन्द गर्न,अनावशयक रुपमा घर बाहिर नजान, जानै पर्ने भए जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न, भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई कम्तिमा १० दिन सम्म सुरक्षित तरिकारले होम क्वारेन्टाइनमा बस्न, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र डिसिसिएमसीले जारी गरेका निर्णय तथा स्वास्थ्य मापदण्डहरु पालना गर्न गाउँपालिकाले आग्रह समेत गर्दैै आएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update