Shittalpati
पाल्पा जेसिजको भित्ते पात्रो विमोचन

पाल्पा, जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले भित्ते पात्रो विमोचन गरेको छ । जेसिजले विहीबार एक कार्यक्रमका बिच २०७८ सालको भित्ते पात्रो विमोचन गरेको हो ।

उक्त भित्ते पात्रो कार्यक्रमका प्रमुख अतिथि तथा जेसिजका पूर्व अध्यक्ष जेसी सुशील प्रधान र २०२१ का अध्यक्ष जेसी राजिव श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

पात्रो विमोचन गर्दै प्रमुख अतिथि जेसी प्रधान र अध्यक्ष जेसी श्रेष्ठले जेसिजका गतिविधी क्यालेण्डरको माध्यमबाट घर–घरमा पुर्‍याउने लक्ष्यका साथ फण्डराईजिङको लागि प्रकाशन गरिएको बताएका छन् । उनीहरुले सबैलाई नव वर्षको शुभकामना समेत व्यक्त गरे ।

विमोचन कार्यक्रममा पूर्व अध्यक्षहरु जेसी मिलनमुनी शाक्य र जेसी श्रीचन्द्र शाक्य लगाएयत पाल्पा जेसिज २०२१ का कार्यसमिति सदस्यहरुको समेत उपस्थिति रहेको थियो । जेसिजका कार्यकारी उपाध्यक्ष जेसी विवेक काजी शाक्यको संयोजकत्वमा भित्तेपात्रो प्रकाशन गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update