Shittalpati
पाल्पाको सिजी सिमेन्ट उद्योगमा ताला, तीन दिन देखि काम ठप्प

पाल्पा,जिल्लाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा निर्माणाधीन सिजी सिमेन्ट उद्योगमा ताला लागेको छ । उद्योगले धूलोधूवा“ गराएको, तीब्र गतिमा टिपर चलाएको, आइ युके कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदुषण बढाएको भन्दै सिमेन्ट उद्योगमा स्थानीयले ताला लगाएका हुन् ।

उद्योगमा ताला लागेपछि सिजी सिमेन्ट उद्योगको काम तीन दिनदेखि ठप्प भएको छ । निर्माण कम्पनी भारतीय आयुके र सिजी सिमेन्ट उद्योगको प्रशासनमा स्थानीय बासिन्दाले तालाबन्दी गरेपछि तीब्र गतिमा भइरहेको निर्माणका काम ठप्प भएको हो । कम्पनीले आफ्ना मागप्रति वेवास्ता गरेकाले तालाबन्दी गरेको स्थानीयले बताएका छन् । जानकारी विना स्थानीयले उद्योगमा ताला लगाएको सिजी कम्पनीका महाप्रबन्धक कल्याण पन्तले बताए । उनले लिखित माग कोही कसैले नदिएको र केही युवाहरुले आएर अचानक सिजीको प्रशासनमा तालाबन्दी गरेको जानकारी दिए । खेतमा सिचाई गर्ने कूलो पुरिएको विषयमा दुई साता अघि पनि स्थानीय बासिन्दा र कम्पनीबीच विवाद भएपछि जनप्रतिनिधि, स्थानीय समाजसेवी, अगुवा बसेर समाधान भएको थियो ।

युवाहरुले शनिबारदेखि उद्योगमा तालाबन्दी गरेर काम ठप्प गराएको स्थानीय दीपक पाण्डेयले बताए । स्थानीयले उद्योगमा ताला लगाएको विषय जानकारी पाए लगत्तै रैनादेवी छहरा गाउ“पालिका अध्यक्ष रामबहादुर कार्की, २ का वडाध्यक्ष जीवनाथ पोखरेल लगायतको टोली उद्योग स्थलमा पुगी स्थानीय बासिन्दा र कम्पनीका महाप्रबन्धक कल्याण पन्त बीच छलफल चलाए पनि निष्कर्षमा पुग्न सकेको छैन । स्थानीय र उद्योग सञ्चालक बीच विवाद सिर्जना भई स्थानीयले उद्योगमा ताला लगाएको गाउँपालिकाका अध्यक्ष कार्कीले बताए । स्थानीय र कम्पनी बीच सहमती जुटाउने प्रयास भए पनि त्यो सफल हुन नसकेको अध्यक्ष कार्कीले जानकारी दिए । उनले भने ‘छिट्टै स्थानीय प्रसासन, जनप्रतिनिधि, सरोकारवाला निकायहरुसँग बसेर समस्याको समधान गर्नेछौं ।’

 

 

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update