Shittalpati
बगनासकाली गाउँपालिका र रम्भा गाउँपालिका जोड्ने पुलको शिलान्यास

 पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका ४ र रम्भा गाउँपालिका ३ जोड्ने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । संघीय सरकारको सशर्त अनुदान र गाउँपालिकाबाट विनियोजित बजेटमार्फत स्वामी रहघाटमा एक सय छ मिटर लामो पुलको शनिबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो ।

पूलको प्रदेश पाँचका प्रदेश सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति विरबहादुर राना र बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । पुल शिलान्यास गर्दै प्रदेश सांसद रानाले पुल निर्माण विकासको महत्वपूर्ण पाटो रहेको बताए । उनले पुललाई आउजाउका रुपमा मात्र प्रयोग नगरेर उत्पादन आयात–निर्यातसँग जोड्नुपर्ने धारणा व्यक्त गरे । सांसद रानाले पुल निमार्णले समृद्धिको यात्रामा महत्वपूर्ण टेवा पुग्ने भएकाले स्थानीय उत्पादनलाई उद्यमशीलतामार्फत बजारीकरण गर्नुपर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष बस्यालले जनताको आवश्यकतालाई मध्यनजर गर्दै पुल निर्माण गर्न लागिएको बताए । उनले भने ‘दुई गाउँपालिकालाई जोड्ने गरी निर्माण हुन लागेको पुललले दूई स्थानीय तहको विकासमा सहज हुने छ ।’गाउँपालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले पुल निर्माण पछि स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुलाई सहजै अन्य बजारमा लैजान स्थानीयहरुलाई सहज हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा वडा अध्यक्ष हुतमानसिं दर्लामी, प्राविधिक यम राना लगायतले पुल निर्माणको काम समयमै सम्पन्न गर्न आफुहरु पनि लाग्ने बताए । गाउँपालिकाको २ लाख ७६ हजार ६ सय ५२ , जनश्रमदान ९२ हजार २ सय १७ र बाँकी संघीय सरकारको सर्शत अनुदान गरी ४६ लाख १० हजार ८ सय ७३ रुपैयाँ लागतमा पूल निर्माण हुन लागेको हो । पुल निर्माणपछि ५५ घरधुरीका २ हजार ५ सय ९ जना लाभम्वित हुने छन् । पुल निर्माणका लागि गाउँपालिका र उपभोक्ता समिति बीच २०७७ मंसिर १९ गते सम्पन्न गर्ने गरी २०७६ मंसिर २० मा सम्झौता भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update