Shittalpati
गुल्मीमा मन्त्री ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र दिदै वितरणको सुरुवात

गुल्मी, नेपाल सरकाकरका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र दिदै गुल्मीमा वितरण कार्यको सुरुवात गरिएको छ । जिल्ला प्रशासन कार्यालयले ज्ञवालीलाई परिचय पत्र प्रदान गर्दै वितरण कार्यको सुरुवात गरेको हो । मन्त्री ज्ञवालीले गतवर्षको साउन ३२ गते जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच विवरण दर्ता गराएका थिए । विवरण दर्ता गराएको झण्डै १९ महिना पछि राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परराष्ट्र मन्त्री ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र वितरण गरेकी हुन् । परिचय पत्र ग्रहण गर्दै मन्त्री ज्ञवालीले यस कार्यक्रममा सबैलाई सहभागी गराउन आग्रह गरे । उनले यो परिचय पत्रले नागरिकताको जस्तो काम नगरी अझ बढी प्रभावकारी हुने बताए । जैविक र व्यक्तिक विवरण समावेश हुने हुँदा निकै उपयोगी र महत्वपूर्ण रहेको मन्त्री ज्ञवालीको भनाई छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा भएको प्रगतीको बारेमा जानकारी गराउदै केही स्थानीय तहमा विवरण संकल्नको कार्य चलेको बताइन् । उनले अब रेसुङ्गा नगरपालिकामा पनि छिट्टै सुरु हुने जानकारी दिइन । सोही अवसरमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत उद्धव पन्थी, रेसुङ्गा नगरपालिकाका वडानम्बर–१ की विष्णुमाया पाण्डे र वडा नं–४ का कुलानन्द भण्डारीलाई परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रिय परिचय पत्र वितरण गरेका थिए । जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्न दर्ता संकलनकर्ताहरु खटाइएको छ । यहिले सम्म जिल्लामा १ लाख ७ हजार ३ सय २३ जनाले परिचय पत्रका लागि विवरण दर्ता गराएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update