Shittalpati
पाल्पामा विप्लवले आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य

पाल्पा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव पाल्पामा सामान्य देखिएको छ । अरु दिनको तलुनामा लामो तथा छोटो दूरीका गाडी कम चलेका छन् ।

बन्दका कारण जिल्लाबाट बाहिरिने तथा भित्रिने ठूला गाडीहरु भने चलेका छैनन् । तानसेनमा साना गाडी तथा मोटरसाईकलहरु भने निर्वाधरुपमा चलेका छन् ।

शनिबार परेकाले पनि पाल्पाका पसलहरु भने बन्द नै रहेका छन् । जिल्लाका केही स्थानमा छिट्टाफुट्ट पसलहरु खुले पनि मानिसहरुको आवगमन नहुँदा व्यापार हुन सकेको छैन । बन्द भनिए पनि बन्दकर्ताहरु सडकमा देखिएका छैनन् ।

देशका विभिन्न जिल्लामा डर देखाउने उद्देश्यले विष्फोट पदार्थ भेटिए पनि पाल्पामा भने त्यस्तो देखिएको छैन । विप्लव नेतृत्वको नेकपाले पार्टीका सचिवालय सदस्य सहितका नेताहरुलाई पक्राउ गरेको विरोधमा शनिबार नेपाल बन्दको आह्वान गरेको छ ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update