Shittalpati
स्थानीय पाठ्यपुस्तक पढ्दै माथागढीका विद्यार्थी

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाका विद्यार्थीहरुले अहिले स्थानीय पाठ्क्रममा आधारित पाठ्यपुस्तक बढ्दै आएका छन् । गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेसँगै त्यहाँका विद्यार्थीहरुको हात–हातमा पुस्तक पुगेको छ । गाउँ सरकारले ‘हाम्रो माथागढी’ नामक पाठ्यपुस्तक कक्षा १ र कक्षा ६ का लागि यस वर्षदेखि लागु गरेको हो । केन्द्रीय पाठ्क्रममा मात्र केन्द्रीत रहेका यहाँका विद्यार्थीहरु अहिले स्थानीय पाठ्क्रममा आधारित पुस्तक पढ्न पाउँदा निकै हर्षित देखिएका छन् । पाठ्यपुस्तकमा स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, ज्ञान, सीपलाई समेटिएकाले विद्यार्थीहरु निकै उत्साहका साथ पढाई प्रति जागरुग देखिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनले भने ‘विद्यार्थीहरुले आफ्नै गाउँठाउँका विषयहरु पुस्तकमै पढ्न पाउँदा खुसी हुने गरेका छन् ।’ माथागढीको चिनारी, स्थानीय तरकारी, माथागढी गाँउपालिकाका विशिष्ट व्यक्तिहरू, धार्मिक स्थलरू, विविध जातजातिहरू, स्थानिय चाडपर्वहरू, न्वारन र छेवारोको परिचय, स्थानीय बोलीचाली र लिपि–मगरी भाषाका शब्दहरू, स्थानीय बाजाहरू, झ्याउरे नाँच, स्थानीय व्यवसाय, स्थानीय खेल, स्थानीय खानेकुराहरू, स्थानीय पर्यटन, हाम्रा स्रोत तथा साधनहरू लगायतका विषयवस्तु पाठ्यपुस्तकमा समेटिएका छन् ।

आधारभूत तहको ८ सय पूर्णाड्ढ मध्ये सय पूर्णाड्ढको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार गाउँपालिकाले कक्षा १ र ६ को पाठ्क्रममा आधारित पाठ्पुस्तक निर्माण गरेको छ । अनिवार्य र ऐच्छिक विषय बाहेक सय पूर्णाड्ढको स्थानीय पाठ्यक्रमको विषयवस्तु विद्यालयहरुले पढाउनुपर्नेछ । स्थानीय पाठ्यपुस्तक पढिसकेपछि बालबालिकाहरुले आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक, तथा धार्मिक मठमन्दिरहरू बारे परिचित हुने गरेको गाउँपालिकाका शिक्षा शाखाका संयोजक गजेन्द्र पन्थीको बताए । उनले भने ‘स्थानीय पाठ्यक्रममा भौगोलिक स्थिति, त्यहाँको वातावरण, वनस्पति, पशुपक्षी र तिनको संरक्षण ज्ञान र सीप दिने खालका विषयवस्तु समावेश गरिएकाले पनि विद्यार्थीहरुले माथागढीको विषयमा धेरै कुराहरु सिकिसकेका छन् ।’ यस वर्ष गाउँपालिका भित्रका ४५ वटा सामुदायिक र संस्थागत विद्यालयका कक्षा १ र ६ का विद्यार्थीहरुले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update