Shittalpati
पाल्पाको पूर्वखोलामा आफैले चलाएको बन्दुकले लागेर एक युवकको मृत्यु

पाल्पा । आफैले चलाएको भरुवा बन्दुकले लागेर पाल्पामा एक युवकको ज्यान गएको छ । जिल्लाको पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको मृत्यु भएको हो ।

उनको आफ्नै घरमा रहेको भरुवा बन्दुक चलाउदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार बिहान ३ बजेको समयमा उनका दाजु नरबहादुर सारुले भरुवा बन्दुकको आवाज सुनी भान्सा कोठामा गई हेर्दा भाई वीरबहादुरको ज्यान गइसकेको थियो ।

मृतक राना मानसिक सन्तुलन ठीक नभएको अविवाहित रहेको जनाइएको छ । उनले १ नाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ । उनी मंगलबार साँझा घरबाट हिँडेको र बुधबार बिहान एक्कासी भरुवा बन्दुकको आवाज आई भान्सा कोठामा गई हेर्दा मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले प्रहरीलाई जानकारी गराएको छ । यद्यपी घटनाको थप अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ । अहिले भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update