Shittalpati
तानसेनका विभिन्न ठाउँमा माघे संक्रान्तिको पूर्वसन्ध्यामा  सखरखण्ड, तरुल किन्दै उपभोक्ता (फोटोफिचर)

पाल्पा । माघे संक्रान्तिको पूर्वसन्ध्यामा तानसेनका विभिन्न ठाउँहरुमा सखरखण्ड, तरुल किन्दै उपभोक्ता । मंक्रर संक्रान्तिमा घिउ, चाकु, तिलको लड्डु, तरुल, सखरखण्ड, पिंडालु लगायतका परिकार खाने गरिन्छ ।

माघे संक्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ । भोलि मनाइने माघे संक्रान्तिका लागि तानसेनका विभिन्न स्थानमा तरुल, सखरखण्ड,पिडालु,लगायतका परिकार किन्ने उपभोक्ताहरुको भिड लागेको छ । यसै क्रममा नवजनचेतना दैनिक/शित्तलपाटी डटकमका उपसम्पादक रामचन्द्र रायमाझीले तानसेनका विभिन्न स्थानमा पुगेर कैद गरेका तस्वीरहरु ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update