Shittalpati
तानसेनमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति

पाल्पा । तानसेन नगरपालिका १० भैरवटारमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति भएको छ । स्थानीय रुपा गैरेको एक तले कच्ची गोठमा कुडो पकाउने क्रममा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति भएको हो ।

आगोलागीबाट गोठ, मकै, पराल र दाउरामा क्षति हुन पुगेको जिल्ला प्रहरी कार्यालले जनाएको छ । स्थानीयले तत्काल आगो नियन्त्रणमा लिएकाले मानविय तथा चौपायाको क्षती भने भएको छैन । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update