Shittalpati
मोटरसाईकल चोरी गर्ने युवक पक्राउ

पाल्पा (रामपुर), रामपुर नगरपालिका ५ बेझाँड सोरुमबाट मोटर साईकल चोरी गरी भाग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सौरभ इन्रप्राईजेज यामाहा सोरुमबाट नयाँ मोटरसाईल लिएर हिडेका युवकलाई निस्दी ५ गल्धा पिपलभञ्ज्याङ्गबाट प्रहरीले नियन्त्रणमा लिएको हो । यामाहा सोरुमबाट नयाँ मोटरसाईकल किन्ने बाहानामा टेस्टका लागि हिडेका युवकले सो मोटरसाईकल बेझाँड तल्लो चोकमा छाडेर पुनः एमटी १५ मोडलको १ सय ५५ सिसीको मोटरसाईकल थाहा नै नपाई लिएर हिडेका थिए । उनले हेलमेट पसल र पेट्रोल पम्पमा पनि पैसा नतिरेर भागे पछि उनको खोजी गरिएको थियो ।

आईतबार साँझ सवा ५ बजे फरार चापाकोट ८ दामाचौर स्याङ्जाका २४ वर्षिय बालकृष्ण पाठकलाई रुक्सेभञ्ज्याङ्ग प्रहरी चौकी मित्यालको टोलीले निस्दी ५ पिपल भञ्ज्याङ्गबाट मोटरसाईकल सहित पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाल्पा पठाईएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरिक्षक सोमबहादुर सारुले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update