Shittalpati
उच्च सतर्कता अपनाएर चाडपर्व मनाउन पाल्पा प्रशासनको आग्रह

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सूचना जारी गरी उच्च सतर्कता अपनाएर चाडपर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा कोरोना संक्रमण बढ्दै गएकाले उच्च सतर्कता अपनाई घरमै बसेर चाडपर्वहरु मनाउन आग्रह गरिएको हो । सूचनामा विजया दशमीका अवसरमा परम्परादेखि हुँदै आएका नियमित पूजा पाठ बाहेक धार्मिक मेला, जात्रा, सरायँ नाच लगायतका भीडभाडजन्य गतिविधिहरु नगर्ने र नगराउने उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update