Shittalpati
रामपुरमा मंसिरदेखि बेपत्ता वृद्धको कंकाल भेटियो

पाल्पा (रामपुर) । गत मंसिर २५ गते देखि हराएका रामपुर नगरपालिका १ छम्केका ७० वर्षिय रतन बहादुर सारुको कंकाल भेटिएको छ । रामपुर १ बर्दाकोट भन्दा तल परेङ्ग भन्ने स्थानमा उनको कंकाल भेटिएको हो ।

२५ गते बर्दाकोट आफन्तको भोजमा गएर साँझ साढे ४ बजे घर हिडेका सारु घर नपुगे पछि परिवारले मंसिर २६ गते बाट खोजी सुरु गरेका थिए । तर उनको अत्तोपत्तो लागेको थिएन । स्थानियहरुले घाँसकाट्ने क्रममा कंकाल भेटिए पछि प्रहरीलाई खबर गरेको थियो ।

सारुका छोरा युवराज सारुले लुगा हेरेर कंकाल बुवा कै रहेको निश्चित गरेका थिए । कंकालको इलाका प्रहरी कार्यालय रामपुरको सहयोगमा संकलन पछि रामपुर अस्पतालमा पोष्र्ट मार्टम गरेर परिवारलाई बुझाइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायव निरिक्षक सोम बहादुर सारुले बताए ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update