Shittalpati
पाल्पामा नदीले बगाउँदा एक पुरुषको मृत्यु

पाल्पा । जिल्लामा नदीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । माथागढी–२, बदबारीमा आइतबार दिउँसो तिनाउ खोलाले बगाउँदा चिदीपानी १ का ५३ वर्षका हर्कबहादुर सारुको मृत्यु भएको हो ।

सारुको माडीफाँड स्थित तिनाउ नदीको बाँधमा अड्किएको अवस्थमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए । विहान ११ बजे माउन्ट भ्याली बोर्डिङ्ग स्कूलमा नातिनी लिन हिडेका उनी लडेर नदीमा खस्न पुगेको र नदीले बगाएर लगेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । सारु लडेको स्थानदेखि ३ सय मिटर तल नदीको बाँधमा मृत अवस्थामा भेटिएका हुन् । उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update