Shittalpati
रैनादेवी छहरा गाउँपालिका गाउँसभाको १३ औं अधिवेशन

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको १३ औं गाउँसभा अधिवेशन सुरु भएको छ । गाउँसभाको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले शुभारम्भ गरे । अधिवेशनमा जिल्ला समन्वय प्रमुख खनालले जनताको नजिकको सरकार भनेको स्थानीय सरकार भएकाले जनताले घरदैलोमा सेवा पाउने गरेको बताए ।

स्थानीय सरकारले गरेका विकास निर्माण तथा सुशासनलाई संस्थागत गर्दै सेवा प्रवाहलाई चुस्तदुस्त बनाउँदै जानुपर्नेमा समन्वय समितिका प्रमुख खनालले जोड दिए । स–सानो कामदेखि दैनिक आवश्यकतालाई व्यवस्थित गर्दै पुरा गर्ने काम स्थानीय सरकारबाट हुने गरेकाले सबै पक्षलाई समेटेर जनप्रतिनिधीहरुले काम गर्नुपर्ने खनालले बताए । रैनादेवी छहरा गाउँपालिकामा कृषि, पशुपालन, सुन्तला खेती र पर्यटन क्षेत्रमा प्रशस्त काम भएको देखिए पनि यसलाई अझै व्यस्थित गर्दै लैजानुपर्नेमा समन्वय प्रमुख खनालले जोड दिए । अधिवेशनमा नेपाली काँग्रेस रैनादेवी छहरा गाउँपालिकाका सभापति विष्णुप्रसाद पोखरेलले कृषकहरु विचौलियबाट पीडित बन्दै गएकाले विचौलियाको पनि दररेट कायम हुनुपर्ने, प्रभावकारी योजनाहरु पालिकाबाट सञ्चालन हुनुपर्नेमा जोड दिए । नेकपा एमाले पालिका प्रतिनिधी गीता भट्टराई घिमिरेले सबैपक्षका आवाज, गुनासाहरुलाई सम्वोधन गर्दै पालिकाकाले काम गर्नुपर्ने, बसाईसराई नियन्त्रण गर्न प्रभावकारी कदमहरु चाल्नुपर्ने, वितरणमुखी कार्यक्रम भन्दा उत्पादनमुखी कार्यक्रमका योजनाहरु निर्माण गर्न सुझाव दिइन् ।

अधिवेशनमा नेकपा माओवादीका चामप्रसाद पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका फर्सुराम पोखरेल, नेकपा एकिकृत समाजवादीका पूर्ण भण्डारी, राष्ट्रिय जनमोर्चाका पर्सुराम पोखरेल, मंगोल नेशनल अर्गनाइजेशनका देवप्रसाद श्रेष्ठ, भैरव नवदिप माध्यमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष नलबहादुर राना लगायतले समग्र पालिकाको विकास, विकासमा समन्वय सहकार्य, गरिव, अल्पसंख्यकमुखी कार्यक्रम निर्माण गरी पालिकालाई नमुना पालिका बनाउनुपर्नेमा जोड दिए । अधिवेशनमा गाउँपालिका सूचना प्रविधि अधिकृत नारायण मल्ल, सवइन्जिनियर कुशल घिमिरे, कार्यालय सहयोगी अम्मर बहादुर रायमाझीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । गाउँसभालाई संसदको झल्को दिने गरी सञ्चालन गरिएको थियो । गाउँसभाको अध्यक्षता तथा सञ्चालन गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update