Shittalpati
रामपुरबाट अवैध बालुवा लोड गर्ने ट्याक्टर नियन्त्रणमा

पाल्पा, अवैध बालुवा लोड गर्ने ट्याक्टर नियन्त्रणमा लिइएको छ । जिल्लाको रामपुर नगरपालिका–१० स्थित झम्माखोलाबाट मापदण्ड विपरीत अवैधानिक रुपमा बालुवा लोड गरी ल्याउदै गरेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गस्तीमा रहेको प्रहरी चौकी हुँगीको टोलीले विहीबार अवैधानिक रुपमा बालुवा लोड गरी ल्याउदै गरेको तु ४ त ७७०० नम्वरको ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालले जनाएको छ । ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि रामपुर नगरपालिकालाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update