Shittalpati
सबैको रोजाई होटल श्रीनगरको ‘माउन्टेन मग क्याफे’

जगदीश भट्टराई
तानसेन (श्रीनगर), तानसेनको शिरमा रहेको पुरानो होटल श्रीनगर प्रालिले आफ्नो नयाँ प्रोडक्टका रुपमा माउन्टेन मग क्याफे सुुरु गरेपछि अहिले यहाँ कफीका पारखीहरुको भीडभाड दिनहँु देख्न सकिन्छ । माउन्टेन मग भन्नासाथ अर्को कुनै अर्थ नलाए हुने भएको छ । तानसेनमा आन्तरिक र बाह्य पर्यटक आर्कषण गर्ने सोंचका साथ विषेशतः क्याफेका पारखी युवाहरुको आकर्षणको केन्द्र बनि रहेको छ माउन्टेन मग क्याफे । यति मात्र कहाँ हो र, यहाँ विभिन्न स्वादका कफीसँगै पिजा, बेकरिज र पेस्टी आईटमका ताजा परिकारको स्वाद लिनका लागि छिमेकी मुलुक भारतबाट समेत पर्यटकहरु आउँने गरेको होटेल श्रीनगरका म्यानेजर अशोक थापा बताउँछन् ।

अचेलका पर्यटकहरु घरको भन्दा फरक स्वादका लागि होटल धाउने हँुदा उनीहरुलाई मनपर्ने किसिमको स्वाद दिने गरी यो क्याफे चलाउनु पर्ने भएको हो । ‘यसबाट कफीका पारखी पनि सन्तुष्ट छौं’ं, कैलाशनगरका युवा सन्दीप बैदवारले भने । उनी भन्छन् ‘हामीले यस्ता कफी खान वुटवल धाउँनुपर्ने हुन्थ्यो,तानसेनमा खुलेपछि भने अहिले सहज भएको छ ।’

सञ्चालक थापा भन्छन् ‘शुरु शुरुमा क्याफे शप चल्ला भनेर हामीले कमै आँकलन गरेका थियौं, तर कालान्तरमा यो शप अत्यन्त्यै लोकप्रिय भएर चलेको महशुस भएको छ, व्यापार राम्रो छ, स्थानीय पर्यटकहरु फेमिली समेत आउँन थालेपछि व्यापार ह्वात्तै बढेको हो ।’ माउन्टेन मक, कफी तानसेनमै पहिलो रहेको उनले बताए । माउन्टेन मग, कफी हाई हल्टिच्युटमा उत्पादन भएको जापानी प्रविधिको प्रयोग मसिनोसँग भुटिएको कफीका दानालाई पिसेर अर्गानिक प्रक्रियाबाट बनाउने गरिएको सञ्चालक थापाको भनाई छ । यसमा औषधीय गुण पनि हुने भएका कारण यो लोकप्रिय हुन पुुगेको उनले बताए । अर्का सञ्चालक खेम श्रेष्ठका अनुसार श्रीनगर होटलले यहाँ हुने प्यारागलाईडिंगको टीकट बुकिंगका साथै बाहिरबाट आएका पर्यटकलाई गन्तव्य स्थानसम्म लैजाने र परिचय दिने खालका गाईडहरुको पनि व्यवस्था मिलाएको छ ।

विगत चार दशक भन्दा लामो समयदेखि पर्यटन व्यवसायको राम्रो अनुभव संगालेकी अर्को सञ्चालक सावित्रा भूषाल भन्छिन्, ‘अब पुरानो शैलीबाट मात्रै पर्यटन व्यवसाय चल्दैनन्, नयाँ र आधुनिकतासँगै उपभोक्ताहरुको पहिचान गरी स्वाद र परिकारमा पनि परिवर्तन गर्नुपर्ने बेला आएका कारण हामीले यसो गरेका हौं ।’ युवाहरुको आर्कषक कफी पारखीहरु र युवा युवतीहरु आउँने गरेकै कारण फ्रेस वेकरिज र कफीका उपभोक्ताहरु बढेका कारण पनि तानसेनमा पर्यटक प्रर्वद्धनमा सहयोग पुगेको होटलका अर्को सञ्चालक तथा पर्यटन व्यवसायी खेम श्रेष्ठको अनुभव छ ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update