Shittalpati
तानसेनको श्रीनगर डवली पूरा नहुँदै अलपत्र : सरोकार वाला रमिते

पाल्पा (तानसेन), तानसेनको कैलाशनगर स्थित निर्माण भएको श्रीनगर सांस्कृतिक डलवी निर्माणको उत्तरार्धमा आएर अलपत्र जस्तै भएको छ । निर्माण कम्पनी भागेका कारण उसले डवलीलाई वरवुजारत समेत गरेको छैन भने सम्बन्धित निकायले यस विषयमा वास्तै गरेको छैन ।

पर्यटकीय रुपमा अत्यान्तै महत्वका साथ हेरिएको यो डवली भित्र झार उम्र्रिएका छन् । फोहर थुप्रिएको अवस्था छ । कोभिडले थला परेपछि केही राहत भएको पाल्पाको पर्यटन क्षेत्रका लागि यो डवली सुचारु भए राम्रो हुने थियो तर त्यसो नभएको स्थानीय वासिन्दाहरुको गुनासो छ । लुम्बिनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ जिल्लाका दुई छुट्टाछुट्टै स्थान तानसेनको कैलाशनगर र तिनाउको नुवाकोटमा खुला सांस्कृतिक डवली निर्माण गरेको हो । प्रदेश सरकारको तत्कालीन उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले यो डवली निर्माणका लागि वजेट विनियोजन गरेर काम शुरु गरेको थियो । डिभिजन वन कार्यालय पाल्पा मार्फत श्रीनगर सांस्कृतिक डवली ६ करोड ८० लाखमा प्रतिष्ठा कन्ट्रक्सन प्रालि, नामको निर्माण कम्पनीले ठेक्का लिएको र काम सकिने बेलामा पूरा कामै नगरी, वर वुजारत नै नगरी भागे पछि डवली अलपत्र परेको हो ।

तिनाउ गाउँपालिकाले नुवाकोटमा निर्माण भएको साँस्कृतिक डवली ३ करोड ८४ लाख लागतमा निर्माण कम्पनीले काम सकेर बुझाई सकेको छ । सांस्कृतिक डवली निर्माणले स्थानीय कला संस्कृतिको संरक्षण, पाल्पामा पर्यटकहरुको बसाई लम्बिने र जिल्लाको समग्र पर्यटन विकासमा टेवा पुग्नेलाई अलपत्र डवलीका कारण व्यवधान उत्पन्न भएको स्थानीयको गुनासो छ । खुल्ला सांस्कृतिक डवलीमा स्टेज, स्टेज अगाडि हरियो दुवो सहितको दर्शक कक्ष, कलाकारहरुको चेन्जिङ्ग रुम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङ सहितको सुविधा रहेको सांस्कृतिक डवली निर्माणको ९० प्रतिशत काम सकिएपनि थप दश प्रतिशत काम बाँकी नै छ र निर्माण भएको डवली अहिले अपपत्र अवस्थामा छ । तानसेनको डवलीमा ५ सय जना अट्ने क्षमता रहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update