Shittalpati
तानसेन–६ का कृषकलाई हाते ट्याक्टर

पाल्पा, तानसेन नगरपालिका –६ का कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । सोमबार तानसेन नगरपालिकाले यहाँका ६ जना कृषक तथा कृषक समूूहलाई हाते ट्याक्टर वितरण गरेको हो । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन कृषकलाई ५० प्रतिशत अनुुदानमा हाते ट्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, वडा अध्यक्ष सागरमान महर्जनले एक औपचारिक कार्यक्रमका बिच हाते ट्याक्टर वितरण गरेका हुन् । ट्याक्टर वितरण गर्दै नगर प्रमुख श्रेष्ठले श्रम र समयको बचत, सिमित जनशक्तिबाट पर्याप्त काम गर्न ट्याक्टरले महत्वपूर्ण टेवा पुुग्नेमा विश्वास व्यक्त गरे ।
उनले नगर भित्रका कृषकहरुलाई व्यवसायिक बनाउने दिशामा नगरपालिका लागेको बताए । वडा अध्यक्ष सागरमान महर्जनले छिटो छरितो बेमौसमी खेती गर्ने कृषकलाई ट्याक्टर महत्वपूूर्ण हुने बताए । परम्परागत रुपमा गोरु जोतिने स्थानमा ट्याक्टर प्रयोग गर्दा सजिलो र काम छिटो छरितो होस् भनेर वितरण गरेको उनको भनाइ छ । गोरुमार्फत खेत जोत्दै आएका किसानले ट्याक्टरको प्रयोग गर्दा खेतको सबै स्थानमा एकैनासले जोत्न सकिने उनले बताए ।

बर्तु· सहकारीले आफ्नो शेयर सदस्यहरुलाई अनुदानमा ट्याक्टर लिनका लागि वित्तिय सहजीकरण गरेको सहकारीका अध्यक्ष जागेश्वर न्यौपानेले बताए । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन् । प्रति हाते ट्याक्टर ५५ हजारमा खरिद गरिएको वडाले जनाएको छ । ट्याक्टर खरिदका लागि नगरपालिकाले २७ हजार ५ सय खर्च गरेको छ । अनुदानमा वितरण गर्दा कृषकलाई प्रतिट्याक्टर २७ हजार पाँच सय परेको छ । कृषकको माग र आवश्यकताको आधारमा सामग्री खरिद गरेर वितरण गरिएको हो । आधुनिक प्रविधिको प्रयोगले कृषि उत्पादन बढ्नुका साथै कृषकलाई छिटो र सहज समेत हुने भएकाले कृषकहरु प्रविधितर्फ आकर्षित हुन थालेका छन् । कार्यक्रममा तानसेन २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ, तानसेन ६ का वडा सदस्य रेखा विष्ट, वडा सचिव विशाल ओली लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update