Shittalpati
रामपुर नगरपालिका नगर सभाको १२ औं अधिवेशन

पाल्पा, जिल्लाको रामपुर नगर सरकारको नगर सभा तथा १२ औं अधिवेशन सुरु भएको छ । नगर सभा तथा अधिवेशन विहिबारदेखि रामपुरमा सुुरु भएको हो । सभाको नगर प्रमुख रमण बहादुर थापा र उपप्रमुख बालकुमारी थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख थापाले चालु आर्थिक वर्षका लागि तय भएका योजना समयमै सम्पन्न गर्नेतर्फ ध्यान दिने बताए । उनले नगरका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्नतर्फ ध्यान दिने बताए । उपप्रमुख बालकुमारी थापाले नगरको विकासमा आफुु सक्रिय भएर लाग्ने बताइन् । उनले नयाँ योजना, नयाँ शैली र नयाँ अभियानका साथ आफुुहरु अघि बढेको बताइन् ।

नगर सभामा प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले नगरपालिकाले ६ महिना भित्र गरेको कार्य सम्पादन, योजना तथा कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले कुल बजेट ६५ करोड २७ लाख ५० हजार ९ सय मध्ये हाल सम्म २७ करोड ४७ लाख ९५ हजार ६ सय अर्थात् २३ दशमलव ७१ प्रतिशत रकम खर्च भएको बताए । न्यौपानेले विषयगत शाखा तथा वडा कार्यालयको प्रगति विवरण पेश गर्दै हाल सम्म नगर भित्रका ५ सय ५४ योजना मध्ये १ सय ५८ को लागत अनुमान भएको र ५२ योजनाको सम्झौता सम्पन्न भएको जानकारी दिए । त्यस्तै नगर सभाले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि–२०७९ पारित गरेको छ । विपद् व्यवस्थापन समितिका संयोजक दिलबहादुर रानाले पेश गरेको विद्येयक सर्वसम्मत रुपमा पारित गरिएको छ । रामपुर नगरपालिकाको नगर सभा आगामी माघ ९ गते कार्यपालिका बैठक घोषणा गर्दै समापन गरिने छ । सभाको पहिलो दिन नगरका प्रवक्ता कपिल बहादुर खाँण, कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्ष, वडा सदस्य, नगरपालिकाका कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update