Shittalpati
यूएईसँग नेपाल पराजित

काठमाडौं, एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा यूूएईसँग नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले नेपाललाई ८४ रनले पराजित गरेको हो । रोहन मुस्ताफाको अर्धशतकप्रेरित यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ६३ रनको योगफल तयार गरेको थियो ।
दोस्रो इनिङमा नेपालले निर्धातिर ५० ओभरमा ९ विकेट गुमाएर एक सय ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि डेब्यूट्यान्ट अर्जुन साउद र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन । नेपालका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका दीपेन्द्रले ८२ बलमा ६ चौकासहित अर्धशतक पूरा गरे । त्यसअघि डेब्यूट्यान्ट अर्जुन साउदले पनि अर्धशतक बनाएका थिए । ओपनिङमा आएका अर्जुनले ७७ बलमा पाँच चौकासहित अर्धशतक पूरा गरेका थिए । यूएईका रोहन मुस्ताफाले फालेको ७८ औं बलमा उनी बोल्ड हुन पुगे । गुल्शन झा १९ र ललित राजवंशी ६ रनमा अविजित रहे । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन । बलिङतर्फ यूएईका लागि डेब्यूट्यान्ट आयान अफ्जल खानले १० ओभरमा मात्र १४ रन खर्चिएर चार मेडनसहित सर्वाधिक चार विकेट लिए ।

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update