Shittalpati
टी–२० सिरिजमा नेपालको विजयी

काठमाडौं, त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत सोमबार पपुवा न्युगिनी(पीएनजी)सँग भएको खेलमा नेपाल विजयी भएको छ । टस हारेर ब्याटींगको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८३ रन जोडेको थियो । सो लक्ष्य पन्छयाउने क्रममा पीएनजी १९.२ ओभरमा अल आउट हुँदै १ सय ६८ रन मात्र जोड्न सक्यो । पीएनजीका लागि लेगा सिएका २१, सेसे बाउ ३०, चार्लिज अमिनीले २२ रन र नोर्म भनुआले ५२ रनको योगदान गरे । पीएनजीका ब्याट्सम्यान जसोन कैला शून्य रनमा आउट भएका हुन् ।

उनको विकेट नेपाली बलर सन्दिप लामिछानेले लिएका हुन् । पीएनजीलाई सस्तैमा समेट्नका लागि कप्तान सन्दिप लामिछाने र करन केसीले समान ३/३ विकेट लिए भने अविनाश बोहराले २ विकेट लिए । यस्तै नेपालका लागि ब्याट्सम्यान कुशल भुर्तेल २० रन, आशिफ शेख ४३ रन, रोहित पौडेल ३४ रन, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल ११ रन, करन केसी १४ र आरिफ शेख ३१ रनको योगदान गरेका थिए ।

 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update