Shittalpati
इंग्ल्याण्डका बलर जेम्स टेस्टबाट बाहिर

काठमाडौं,इंग्ल्याण्डका तीव्र गतिका बलर जेम्स एन्डरसन दक्षिण अफ्रिकाविरुद्धको बाँकी टेस्टबाट बाहिर भएका छन् । दोस्रो टेस्टका क्रममा चोटग्रस्त भएपछि एन्डरसनले बाँकी २ टेस्ट गुमाएका हुन् ।

मुख्य बलर नै घाइते भएपछि इंग्ल्याण्डलाई भने दवाब बढेको छ । केपटाउनमा एमआरआई गरेपछि एन्डरसनको चोट ठूलो रहेको पत्ता लागेको थियो । त्यसपछि उनी घर फर्किएका थिए । उनीपिँडौलामा लागेको चोटका कारण लगभग ४ महिनापछि इंग्ल्याण्ड टिममा एन्डरसन फर्किएका थिए । ३७ वर्षीय बलर एन्डरसनले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा ५ विकेट लिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update