Shittalpati
‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पाल्पामा हुने

काठमाडौं, सञ्जय स्मृति प्रतिष्ठानले आगामी चैत २४ देखि २६ सम्म ‘सञ्जय स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ गर्ने भएको छ । आइतबार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले पाल्पाको तानसेनस्थित रानीमहलमा आयोजना गरिने सात प्रदेश र तीन विभागीय टोली (आर्मी, एपिएफ र पुलिस) को सहभागिता रहने जानकारी दिए । नेपाल भलिबल संघको सहकार्यमा हुने प्रतियोगितामा बिजेता टोलीले एक लाख तथा दोस्रो हुनेले ५० हजार नगद पुरस्कारसहित सम्मान पत्र प्राप्त गर्ने छन् । करिब ३० लाख बजेट अनुमान गरिएको प्रतियोगितामा सहभागी हुने खेलाडीको यातायात, बसोबास, जर्सी र अन्य खेल सामग्रीको व्यवस्था गरिने जनाइएको छ ।

चलचित्र नायक धीरेन शाक्यले खेलकुद, कला, संगीतका साथै सामाजिक कार्यमा सक्रिय तानसेन निवासी सञ्जय मास्केको विसं २०५५ मा सडक दुर्घटनामा निधन भएको र उनको स्मृतिमा कार्यक्रम गर्न लागिएको जानकारी दिए । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, पत्रकार पद्मम न्यौपानेलगायतले खेलकुदको माध्यमबाट पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्न उक्त प्रतियोगिता महत्वपूर्ण हुने बताए । –रासस

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update