Shittalpati
गुल्मीमा सञ्चालित ब्याडमिण्टन प्रतियोगिता सकियो

गुल्मी, जिल्लामा सञ्चालित जिल्लास्तरिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता सकिएको छ । खेलो विकास र विस्तार गर्ने उद्देश्यले आयोजन गरिएको प्रतियोगिता सकिएको हो । प्रतियोगिता अन्तरगत खुल्ला पुरुष डबल तर्फ रिडीका विवेक शर्मा र जेनिस शेरचन प्रथम भएका छन् । तम्घासका भरत थापा र राजन काउछा द्धतिय, नारायण जिसी र सुरेश श्रेष्ठ, कृष्ण गाहा र अर्विन श्रीपाली तृतिय भएको नेपाल ब्याडमिटन संघका जिल्ला अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।

खुल्ला पुरुष डबल प्रतियोगितामा प्रथम, द्धतिय र तृतियले क्रमश ३५, २० र १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरेका छन् । पुरुष गे्रड बि तर्फ शान्तिपुरका तेजस्वी थापा र भुवन सुनार प्रथम, तम्घासका होम बहादुर पल्ली र चन्द्र पाण्डेय द्धतिय, सत्यवतिका देवन काला र आजम शेख ,कृष्ण पन्थी र चर्तुभुज पन्थी तृतिय भएका छन् । पुरुष ग्रेड बिमा प्रथम, द्वितीय र तृतीयलाई क्रमश २०, १५, ८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको श्रेष्ठले जानकारी दिए ।

त्यस्तै खुला पुरुष डबल ग्रेड सी तर्फ चन्द्रकोटका धन बहादुर राना र विवेक पुन प्रथम, रिडीका सुरज थापा र सुजल रायमाझी द्धतिय, गुल्मी दरवारका रविन्द्र र समुन्द्र श्रेष्ठ तथा बलेटक्सारका कमल र पदम श्रेष्ठ तृतिय भएका छन् । त्यस्तै पुरुष ग्रेड सी प्रतियोगितातर्फ प्रथम, द्वितीय, तृतीयलाई क्रमश १५, १०, ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । खुल्ला पुरुष भेट्रान ४५ बर्ष उमेर समुह माथिको खेलमा तम्घासका कृष्ण राना र हरि पाण्डेय प्रथम, तम्घासकै महेश काउछा र राम बहादुर काउछा द्धतिय भएका छन् ।

शान्तिपुरका नेत्र बलाल र पर्स बहादुर खत्री तथा तम्घासका नवराज श्रेष्ठ र चेत नारायण पाण्डेय तृतिय भएका छन् । ४५ बर्ष उमेर समुह माथिको खुल्ला पुरुष भेट्रान प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयले २०, १५ र ८ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको नेपाल ब्याडमिण्टन संघका सचिव सुरेश श्रेष्ठले जानकारी दिए । खुल्ला पुरुष भेट्रान ५५ बर्ष उमेर माथिको खेलमा तम्घासका शेर बहादुर थापा र हरि पाण्डेय प्रथम भएका छन् । तम्घासकै प्रकाश भलामी र नारायण पोख्रेल द्धितीय भए ।

त्यस्तै तम्घासका राम बहादुर थापा र शेषकान्त गौतम, प्रेम माच्कोटी र पुण्यबिक्रम पौडेल तृतीय भएका छन् । उनीहरुले क्रमश १५, १० र ६ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । ‘स्वस्थ मुटु राम्रो, ब्याटमिटन खेल हाम्रो’ भन्ने मुख्य नाराका साथ प्रतियोगीता नेपाल ब्याटमिटन संघ गुल्मीको आयोजनामा तम्घासको जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा तीन दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगीतामा जिल्ला भरका एक सय ५० खेलाडी सहभागीता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update