Shittalpati
एकदिवसीय र टी–२० वरीयतामा नेपालको सुधार

काठमाडौं, एकदिवसीय र टी–२० वरीयतामा नेपालको सुधार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । एकदिवसीय वरीयतामा नेपाल १६ औँ स्थानमा छ । यसअघि नेपाल १७ औँ स्थानमा रहेको थियो । आईसीसीले सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।


यस्तै नेपालले टी–ट्वान्टी वरीयतामा समेत सुधार गरेको छ । नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १३ औँ स्थानमा उक्लिएको हो । यस अघि नेपाल १४ औँ स्थानमा रहेको थियो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजको उपाधिसमेत नेपालले जितेको थियो । टी–२० वरीयतामा नेपालको उत्कृष्ट वरीयता ११ औँ स्थान हो । टी–२० नयाँ वरीयताको पहिलो स्थानमा इङ्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अस्ट्रेलिया छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update