सुष्मालाई बक्सिङमा रजत पदक
खेलकुद
क्रिकेट गतिविधि बन्द गरिने

काठमाडौं, नेपालमा सञ्चालन हुने सम्पूर्ण क्रिकेट गतिविधिहरु बन्द गरिने भएको छ । कोभिड–१९ बढ्दो असरका कारण सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
क्यानले शुक्रबार एक सूचना जारी गर्दै कोराना भाइरसलाई मध्यनजर गर्दै कोभिड १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।
क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएको सिरिजहरु तत्कालका लागि स्थगित गरिएको जनाएको छ । ‘कोभिड १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म संघबाट प्रस्तावित राष्ट्रिय प्रतियोगिताहरु लगायत जिल्ला छनोट एवमं प्रादेशिक प्रतियोगिता तथा विभिन्न राष्ट्रहरुसँग हुने भनिएको द्विपक्षीय एवंम त्रिपक्षीय सिरिजहरु तत्कालका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराउँदै सोही अनुसार जिल्ला एवंम प्रादेशिक संघहरुले क्रिकेट खेलका सम्पूर्ण गतिविधिहरु संघबाट अर्को सूचना नआएसम्मका लागि स्थगित गर्न यसै सूचनामाफत जानकारी गराइन्छ ।’ क्यानको विज्ञप्तिमा भनिएको छ । यसका साथै नेपालले मे महिनामा नामिबियासँग खेल्ने एकदिवसीय सिरिज पनि स्थगित भएको छ । यस्तै क्यानले आइसीसीको प्रावधान अनुसार नेपाल क्रिकेट संघ लगायत विभिन्न क्लब, एकेडेमी एवंम संघसंस्थाहरुबाट आयोजना गरिने क्रिकेट प्रतियोगाहरुको कार्यविधि निर्माण गर्न लागिएको समेत जनाएको छ ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!