खेलकुद

नेपालको शानदार जित

Shittalpati Reporter

काठमाण्डौ,त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाएर भेटायो । नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ३० बलमा ५० रन बनाए । पाँच छक्का र पाँच चौका हानेका उनी ६२ रनमा आउट भए ।


यस्तै आशिफ शेखले ३६ बलमा अर्धशतक पूरा गरे । चार चौका र चार छक्कासहित शेख ५४ रनमा नटआउट रहे । आजको खेलमा नेपालले सबैभन्दा धेरै रनको ओपनिङ साझेदारीको रेकर्ड पनि बनाएको छ । आज कुशल भुर्तेल र आशिफ शेखले एक सय १६ रनको ओपनिङ साझेदारी गरे । यसअघि सन् २०१९ मा पारस खड्का र ज्ञानेन्द्र मल्ले एक सय आठ रनको ओपनिङ साझेदारी गरेका थिए ।


प्रकाशित मिति: आइतवार, बैशाख ५, २०७८, ०१:१५:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

भारतलाई हराउँदै नेपाल फाइनलमा आइतवार, बैशाख ५, २०७८, ०१:१५:००
सुष्मालाई बक्सिङमा रजत पदक आइतवार, बैशाख ५, २०७८, ०१:१५:००
रिहा भए सन्दीप लामिछाने आइतवार, बैशाख ५, २०७८, ०१:१५:००