Shittalpati
आर्मीलाई हराउँदै हेल्प नेपाल फाइनलमा

काठमाडौं,  पाँचौ राष्ट्रिय भलिबल च्याम्पियनसिपमा आर्मीलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार विभागीय टोली नेपाल आर्मीलाई सोझो सेटमा हराउँदै नेपाल पुरुषतर्फको फाइनलमा पुगेको हो । यसअघिका सबै पाँच खेल जितेको हेल्प नेपालले १५ अंक जोडेको छ । हेल्प नेपालले बुधबार अर्को विभागीय टोली एपीएफसंग लिगको अन्तिम खेल खेल्ने छ । एकपक्षीय जस्तै बनेको मंगलबारको खेलमा हेल्प नेपालले आर्मीलाई २५–१७, २५–१९, २५–१६ ले सहजै पराजित गरेको हो । हेल्प नेपालका लागि भारतीय भलिबल टिमका कप्तान विनित कुमारले तीन सेटमा गरेर कूल २२ अंक जोडे । यस्तै अर्का भारतीय खेलाडी रोहित कमारले १६ अंक जोडे । आर्मीका मानबहादुर श्रेष्ठले कूल १० अंक जोडे । विनितले नेपाली दर्शकको अगाडि खेल्न रमाइलो लागेको बताए ।

‘नेपाली दर्शकको समर्थन राम्रो छ । त्यसले हाम्रो आत्मविश्वास बढेको छ’ विनितले भने । तेस्रो पटक नेपालमा खेल्न आएका विनितले नेपाली खेलाडीहरुको भलिबलको आधार नै कमजोर रहेको बताए । उनले नेपाली खेलाडीको फिटनेस भने राम्रो रहेको र आफ्नो टिममेट अमृत केसीको खेल पनि राम्रो रहेको बताए । उनी यसअघि २०१५ को क्लब लिग र २०१९ को १३औं साग खेल्न नेपाल आएका थिए । विनितले नेपालमा पछिल्लो चार वर्षदेखि उही खेलाडी रहेकाले खेल राम्रो हुन नसकेको बताए ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update