Shittalpati
सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्सलाई हरायो

काठमाडौँ, ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको आजको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई सात विकेटले हराएको छ । ललितपुरले दिएको एक सय आठ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा मात्रै तीन विकेट गुमाएर भेटायो । सुदूरपश्चिमको लागि मञ्जू बोगटीले ४१ रन बनाइन् । यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले कञ्चन श्रेष्ठको ६३ रन मद्दतमा एक सय सात रन बनाएको थियो । ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको च्याम्पियनसिपमा पुसमा भएको प्रधानमन्त्री कपको सेमिफाइनल खेलेका चार टिम र ललितपुर मेयरको एक टिम गरी कुल पाँच टिमको सहभागिता छ ।

प्रतियोगिता चैत २८ गतेसम्म हुने छ । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टिमबीच फाइनल हुनेछ । च्याम्पियनसिपको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार पाउनेछ ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update