Shittalpati
इङ्ग्ल्याण्डको लगातार जित

काठमाडौं, कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको युरोपेली क्षेत्रको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार जित निकालेको छ । पोल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै इङ्ग्ल्याण्डले ९ अंक जोडेको छ । समूह ‘आई’ मा रहेको इङ्ग्ल्याण्ड शीर्ष स्थानमा छ ।

यस्तै, विश्वकप छनोट खेलमा अरु खेलमा अर्मानिया, नर्थ म्याक्याडोनिया, आइल्याण्ड, स्पेन, इटली, फ्रान्स, डेनमार्क, इजरायल, र स्कटल्याण्ड विजयी भएका छन् । स्कटल्याण्डले फारो आइल्याण्डलाई, इजरायलले मोल्डोमालाई, डेनमार्कले अस्ट्रियालाई र आइल्याण्डले लेचटेनस्थेनलाई समान ४–० गोल अन्तरले पराजित गरे । यस्तै, अर्मेनियाले रोमानियालाई ३–२ गोल अन्तरले पराजित गर्यो भने कोसोभो स्पेनसँग ३–१ गोल अन्तरले पराजित भयो । यस्तै, इटलीले लुथिनियालाई २–० गोल अन्तरले हरायो । ग्रीस र जर्जियाले १–१ गोलको बराबरी खेल्दा नर्थन आइल्याण्ड र बुल्गेरियाले गोलरहित बराबरी गरे । यस्तै, अरु खेलमा फ्रान्सले बोस्नियालाई १–० गोल अन्तरले हरायो भने युक्रेन र काजखास्तानले एक/एक गोलको बराबरी खेले ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update