Shittalpati
त्रिदेशीय कपको उपाधि विजेतालाई १ लाख पुरस्कार

काठमाडौं, थ्री नेसन्स (त्रिदेशीय) कप फुटबलको उपाधि विजेता खेलाडीले जनही १ लाख रुपैयाँ पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार विज्ञप्ति जारी गरी उपाधि विजेता टिमका खेलाडीलाई १/१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । सोमबार दशरथ रंगशालामा बंगलादेशसँग भएको फाइनल खेल नेपालले २–१ ले जितेको थियो । त्यससँगै नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको थियो । नेपालले घरेलु मैदानमा ३७ वर्षपछि उपाधि जितेको हो । यसअघि घरेलु मैदानमा भएको सन् १९८४ को पहिलो सागमा नेपालले फुटबलमा स्वर्ण जितेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update