Shittalpati
नेपाल र कीर्गिस्तान गोलरहित बराबरी

काठमाडौं,  त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र कीर्गिस्तानको ओलम्पिक टिमबीचको खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा छ । बिहीबार दशरथ रंगशालामा भइरहेको खेलमा पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् ।घरेलु दर्शकको अगाडि घरेलु मैदानमा खेलिरहेको नेपालले पहिलो हाफमा गोलका केही अवसर पाए पनि गोल गर्न सकेन ।

खेलको १० औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङले हेड गरेको बल पोष्ट नजिकैबाट बाहिरियो । १४ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको बल कीर्गिस्तानको गोलकिपर बिट भइसकेको अवस्थामा पोष्टमा लागेर फर्कियो । २९ औं मिनेटमा सन्जोग राईको पासमा अभिषेक रिजालको प्रहार पनि पोष्ट बाहिर गयो । ३३ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाको लाइनबाट प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरियो । कीर्गिस्तानको यु–२३ टिमले भने पहिलो हाफमा कुनै गोलको अवसर सिर्जना गर्न सकेन  ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update