Shittalpati
माथागढीमा खेलकुद तथा सांस्कृतिक महोत्सव हुँद

पाल्पा (झडेवा),जिल्लाको माथागढीमा गाउँपालिका स्तरीय खेलकूद तथा सांस्कृतिक महोत्सव हुन लागेको छ । खेल क्षेत्रको विकास र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आगामी बैशाख ९ गतेदेखि ११ गतेसम्म महोत्सव हुन गइरहेको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सव वडा नम्बर ३ कसेनी सराईको फुलबारीमा हुने गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष मधुपराजुलीले जानकारी दिए । महोत्वसवमा भलिबल प्रतियोगिता, वडा स्तरीय व्याटमिन्टन प्रतियोगिता, खुल्ला कपर्दी प्रतियोगिता, वडास्तरीय छेलो फाल्ने प्रतियोगिता, वडास्तरीय डोरी तान्ने खेल, वडा स्तरीय भाला खुल्ला प्रतियोगिता हुने छ । साथै महोत्सवमा लोकगायन प्रतियोगिता समूह समितिबाट तथा वडास्तरीय परम्परागत संस्कृति प्रस्तुति, विविध सांस्कृतिक कार्यक्रमहरु हुने प्रवक्ता पराजुलीले बताए । गाउँपालिकाले खेल क्षेत्रको विकास सँगै कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा विशेष कार्यक्रम तथा योजनाहरु अगाडि बढाउदै आएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update