Shittalpati
वल्र्ड च्याम्पियनसीपका लागि सुष्मा छनोट

काठमाडौं,  नेपाली बक्सर सुष्मा तामाङ आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसीपका लागि छनोट भएकी छन् । उनी ४८ केजी तौल समूहमा छनोट भएकी हुन् । छनोटमा उनले आफ्नी प्रतिद्वन्द्वी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अंकका आधारमा ३–२ को कठिन जित हात पार्दै छनोटमा परेको छन् ।त्यसै गरी ६० केजी तौल समूहमा बक्समाण्डौंकी डेचेन शेर्पा फाईनलमा प्रवेश गरेकी छन् । उनले झापाकी सुस्मिता राईलाई अंकका आधारमा ५–० को स्कोरमा हराइन् । उनले बुधवार हुने फाईनल खेलमा आरडीएस क्लवकी सुमिना खड्कासँग प्रतिस्पर्धा गर्ने छिन् ।

खड्का ६० केजी तौल समूहमा वाई पाएर फाईनल प्रवेश गरेकी थिइन् । छनोट खेलमा तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन विक,नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतको उपस्थिति रहेको थियो । आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनशिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म संञ्चालन हुनेछ ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update