Shittalpati
पुरुष भलिवलको उपाधि स्याङ्जालाई

पाल्पा, क्लवस्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि स्याङ्जाको लम्पेकले हात पारेको छ । निरञ्जन युवा क्लव खानीगाउँ पाल्पाले आयोजना गरेको प्रतियोगितामा स्याङ्जा कालीगण्डकी गाउँपालिका ३ बारिचौरलाई पराजित गदै लम्पेकले उपाधि हात पारेको हो ।

कमेरे खेलमैदानमा भएको फाईनल खेलमा २५–१८, ३०–२८ को सोझो सेटमा बारिचौरलाई पराजित गर्दै लम्पेकले उपाधि जितेको छ । पराजित लम्पेक भने दोस्रो भएको छ । त्यस्तै स्याङ्जाको देउरालीलाई पराजित गर्दै पाल्पाको बौघागुम्वाले तेश्रो स्थान हात पारेको छ ।

विजेता टिमलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले युवाहरुको आर्कषण खेलकुद भएको बताउदै खेलाडी उत्पादन र ब्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्ने बताए । उनले खेलसँगै हरेक कामको निगरानीमा समेत ध्यान पुग्न सके राष्ट्रिय खेलाडी उत्पानसँगै विकासे काममा टेवा पुग्ने धारणा व्यक्त गरे । कार्यक्रममा वडा अध्यक्ष गुन बहादुर बुढाथोकी, समाजसेवी हरि प्रसाद पाठक लगाएतले शुभकामना व्यक्त गरेका थिए । पुरस्कार वितरण समारोहमा प्रथम हुने टिमलाई नगद ३० हजार रुपैयाँ,प्रमाण पत्र र ट्रफी तथा द्धितिय हुने टिमलाई नगद २० हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै तेश्रो हुनेलाई नगद १० हजार र प्रमाण पत्र प्रदान गरिएको छ । खेलकुदको विकाससँगै बगनासकालीको पहिचान बनाउदै लैजान खेलकुद प्रतियोगिता आयोजन गर्ने प्रयास गरेको क्लवका अध्यक्ष दोर्णबहादुर बुढाथोकीले बताए ।

खेल अवधिभर उत्कृष्ट खेलाडी लाङ्घाली युवा क्लव स्याङ्जाका योगेन्द्र अस्लामी, खेलाडी बेस्ट ब्लकरमा राईजिङ स्टार युवा क्लबका विमल राना ,बेष्ट स्पाईकरको उपाधी स्याङ्जा लम्पेक युवा क्लबका आयुष गाहा उत्कृष्ट लिफ्टर छानिएका छन् । उत्कृष्ट हुने खेलाडीहरुलाई नगद मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । आगामी दिनमा खेलसँगै रचनात्मक कार्य गर्दै जाने योजना रहेको निरञ्जन युवा क्ल्वका सचिव बिष्णु तिमिल्सेनाले जानकारी दिए । प्रतियोगितामा पाल्पा स्याङ्जा र गुल्मीका २८ टिम सहभागी रहेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update