Shittalpati
गुल्मीमा माविस्तरको फुटबल प्रतियोगिता हुँदै

रमेश विश्वकर्मा
गुल्मी, गुल्मीमा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१०) पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घास रहेको चिदीचौर खेल मैदानमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।

मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको अध्यक्ष विक्रम सिंह बुढाथोकीले जानकारी दिए । उनका अनुसार क्लबको दसौं वार्षिकोत्सबको अवसरमा चैत ३ गतेदेखि ७ गतेसम्म तेस्रो फोर्टिन स्टार फुटबल कप–२०७७ को आयोजना गरिएको हो ।प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार नगद पुरस्कार र द्वितीय हुनेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव नारायण आचार्यले जानकारी दिए । उनले चैत २ गते दिउँसो १२ बजेसम्म दर्ता समय रहेको उल्लेख गरे । रेसुङ्गा नगरपालिका भन्दा बाहिरको टिम सेमिफाइनलसम्म प्रवेश गरे खानेबस्नेको व्यवस्था आयोजकले गर्ने महासचिव आचार्यले बताए । क्लबले आफ्नो स्थापना कालदेखि नै यस्तै र विभिन्न सामाजिक कार्यमा अग्रसर देखाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update