Shittalpati
पीएम कप क्रिकेटको उपाधि आर्मीलाई

काठमाडौं, त्रिभुवन आर्मी क्लवले चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार भएको फाइनलमा विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधिसँगै १० लाख जितेको छ । उपविजेता एपीएफले पाँच लाखमा चित्त बुझाएको छ । पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी दोस्रो संस्करणको फाइनलमा एपीएफसँग पराजित भएको थियो ।

तेस्रो संस्करणको फाइनलमा पुलिससँग पराजित भएको आर्मीले चौथो संस्करणको फाइनल जित्दा उपाधि त जित्यो नै, समूह चरणमा एपीएफ व्यहोरेको हारको बदला पनि लिएको छ । उपाधिका लागि आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफले ४१.३ ओभरमा सबै विकेट गुमाएर १७८ रन मात्र बनाउन सक्यो । ओपनर आसिफ शेखले अर्धशतक बनाएपनि अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न नसक्दा एपीएफले पूरा ओभर ब्याटिङ गर्न सकेन ।

यद्यपि पहिलो दुई ओभरमै २० रन जोड्दै आसिफ शेख र सुवास खकुरेलले आक्रमक सुरुवात दिलाएका थिए । तेस्रो ओभरमा थप एक रन जोडेको एपीएफले चौथो ओभरमा लगातार दुई विकेट गुमायो । १४ रन बनाएका सुबास, जितेन्द्र मुखियाको बलमा विनोद भण्डारीबाट क्याचआउट भए ।  तेस्रो नम्बरमा ब्याटिङ गर्न क्रिजमा गएका कप्तान शरद भेषावकर पनि मुखियाको बलमा विनोदबाट क्याचआउट भए । त्यसपछि सुस्ताएको एपीएफको इनिङ्स आसिफले सम्हाल्ने प्रयास गरे ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update