Shittalpati
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट १६ खेलाडी छनोट

पाल्पा । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पाल्पाबाट १६ खेलाडी छनोट भएका छन् । गत मंसिर २५ र २६ गते तानसेन टुँडिखेल खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट २ वैकल्पिकसहित १६ पुरुष खेलाडी छनोट भएका हुन् ।

क्रिकेट संघका जिल्ला अध्यक्ष राजेश श्रेष्ठका अनुसार सुरेश गोदारको कप्तानीमा खेलाडी छनोट भएका छन् । जसमा राजेन्द्र मान साक्य , सागर थापा क्षेत्री मनिष न्यौपाने, शिव शर्मा ,नरेश कुमार सार्की नेपाली, रुपेश बस्याल, श्रीधर बस्याल, केशव पराई, नवीन तारा बस्याल, प्रकाश तिमिल्सिना, समीर मल्ल, रुपेश बस्याल, नवीन भुसाल छनोट भएका हुन् । यस्तै वैकल्पिक खेलाडीमा बेल मगर, सुदिप जिसि, आशिष लोहोनी आशिष बराल, सरण रसाली टोली प्रशिक्षकमा ओम थापा र र व्यवस्थापक दिपक घिमिरे रहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न जिल्लाका पुरुष तथा महिला टोलीको छनोट गर्न आफ्ना मातहतका सबै जिल्ला क्रिकेट संघलाई यस अघि पत्रचार गरेको थियो । क्यानले मंसिर भित्र जिल्लाको टोली छनोट गर्ने निर्देशन दिएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update