Shittalpati
रामपुर नगरपालिकाद्वारा खेलाडीलाई सम्मान

पाल्पा (रामपुर) । रामपुर नगरपालिका वडा ५ ले खेलाडीहरुलाई सम्मान गरेको छ । रामपुरमा गत माघ १८ मा सम्पन्न तेस्रो मेयर कपमा वडाको तर्फबाट विभिन्न विधामा उपाधी जित्न सफल खेलाडीहरुलाई सम्मान गरेको हो ।

मेयर कप अन्तर्गत वडाले डोरी तान्ने प्रतियोगितामा प्रथम, फुटबल प्रतियोगितामा दोश्रो, पुरुष भलिबलमा तृतीय स्थान र क्रिकेट प्रतियोगितामा फेयर प्लेको उपाधि जितेको थियो ।

कार्यक्रममा वडासदस्य काशीनाथ रेग्मी, वडा खेलकुद विकास समितिका सचिव विश्वनाथ कंडेल, खेलाडीको तर्फबाट अनिल सुनार लगायतले बोल्दै खेलाडीलाई बधाई तथा शुभकामना दिएका थिए । रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्लले खेल हाम्रो पहिचान भएको भन्दै यसको विकासको लागि वडाले सक्दो सहयोग गर्ने बताए । उनले खेलाडीहरुलाई धन्यवाद समेत दिए । वडा सदस्य सावित्रा गौतमको स्वागतबाट सुरु भएको कार्यक्रममा उद्देश्यबारे वडा सदस्य विष्णुप्रसाद बस्यालले जानकारी दिएका थिए । वडाअध्यक्ष मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सचिव सविता रानाले गरेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update