Shittalpati
अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट विजयी

काठमाडौं, अमेरिकासँगको अभ्यास खेलमा नेपाल प्रेसिडेन्ट एघार ३७ रनले विजयी भएको छ । १ सय १२ रनको लक्ष्य पछ्याएको अमेरिका ७४ रनमा समेटिन पुग्यो । आज (बुधबार)देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल, ओमान र अमेरिका बीचको आईसीसी विश्वकप लिग २ अघि मंगलबार अभ्यास खेल आयोजना गरिएको हो । मुलपानी मैदानमा नेपाल प्रेसिडेन्ट ११ ले दिएको ११२ रनको सामान्य लक्ष्य पूरा गर्न अमेरिका असफल रह्यो ।

नेपालले पहिला ब्याटिङ गर्दै ३३/५ ओभरमा १११ रन बनाएको थियो । नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा सुवास खकुरलेलले ५२ रनको अविजित अर्धशतकीय पारी खेले । ८९ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे । यस्तै पवन सर्राफले १९ रन जोडे । बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए । १५ रनमा पहिलो विकेट गुमाएको नेपाल ११ ले २४ रनमा दोस्रो तथा ६९ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । ८१ रन बनाउँदा पाँच विकेट खेर फालेको नेपाल अन्ततः एक सय ११ रनमा अलआउट भयो । १ सय १२ रनको लक्ष्य पछ्याएको अमेरिकाको सुरुआत पनि राम्रो हुन सकेन । ३ रन हुँदा पहिलो विकेट गुमाएको अमेरिकाले ३९ रन बनाउँदा ७ विकेट खेर फालेको थियो । अमेरिकाका स्टेभन टेलरले २८ तथा तिमिल पटेलले २० रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाएनन् ।

प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update