Shittalpati
विश्व वरियतामा नेपाल यथावत

काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल टी–ट्वान्टीतर्फ १२ औँ स्थानमा रहेको हो । यसअघि पनि नेपाल १२ औँ स्थानमा थियो । टी–ट्वान्टीमा नेपाल ११ औँ स्थानसम्म पुगेको छ । टी–ट्वान्टीको विश्व बरियतामा पाकिस्तान शीर्ष स्थानमा, अष्ट्रेलिया दोस्रो, बेलायत तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् ।

टी–ट्वान्टीको खेलाडी बरियता अन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२ औँ स्थानमा रहेका छन् । यसअघि उनी ६० औं स्थानमा रहेका थिए । यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५ औँ स्थानमा रहेका छन् । यसअघि उनी ८३ औँ स्थानमा रहनुभएको रहेका थिए । अलराउण्डरतर्फ पारस २७ औँ स्थानमा तथा सोमपाल कामी ६५ औँ स्थान तथा करण केसी ७५ औँ स्थानमा रहेका छन् । –रासस

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update